सेमिफाइनलमा स्पेनिस क्लब सेभियाले प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सेमिफाइनलमा स्पेनिस क्लब सेभियाले प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँग भिड्दै

एजेन्सी, ३२ साउन । युरोप लिग फुटबलको पहिलो सेमिफाइनलमा आज राति स्पेनिस क्लब सेभियाले प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । सेभिया युनाइटेडविरुद्धको खेलमा जित निकाल्दै फाइनलमा आफ्नो स्थान बनाउने योजनामा छ ।

युरोपा लिगको सर्वाधिक पाँच पटकको विजेता सेभिया आफ्नो छैठौँ जित निकाल्ने दाउमा छ । सेभियाले अन्तिमपटक सन् २०१६ मा युरोपा लिगको उपाधि जितेको थियो । यता युनाइटेड पनि आजको खेलमा जित निकाल्दै फाइनलमा आफ्नो स्थान बनाउने होडमा छ । युनाइटेडले एकपटक युरोपा लिगको उपाधि जितेको छ । युनाइडेडले पहिलोपटक सन् २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);