युरोपियन च्याम्पियन्स लिग फुटबलमा लियोनको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युरोपियन च्याम्पियन्स लिग फुटबलमा लियोनको सहज जित

एजेन्सी, ३२ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब लियोनको सहज जित निकालेको छ ।

शनिबार राति भएको क्वार्टरफाईनलको खेलमा लियोनले म्यान्चेष्टर सिटीलाई ३–१ ले पराजित गर्दै सहज जित निकालेको हो ।

पराजित म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । खेलको २४ औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता बनाएको थियो । केभिन डी ब्रुईनले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेम्बेलेले लियोनलाई जित दिलाउने काम गरे । सेल्टिकका पूर्व फरवार्ड डेम्बेले खेल सकिन ११ मिनेट अघि लियोनलाई २–१ ले अघि बढाए । खेल सकिन ३ मिनेट अघि डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित सुनिश्चित गरे ।

जितसँगै लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);