च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडसँग पीएसजी पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडसँग पीएसजी पराजित

एजेन्सी, ५ कार्तिक । युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च च्याम्पियन पेरीस सेन्ट जर्मेन पीएसजीलाई पराजित गरेको छ ।

पीएसजीको घरेलु मैदानमा मंगलबार भएको समूह एचको खेलमा युनाईटेडले २–१ गोल अन्तरले पीएसजीलाई पराजित गरेको हो ।

नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए ।

एन्थोनी मार्टियलले ५५ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो । खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गर्दै गत सिजनको फाईनल खेलेको पीएसजीमाथि युनाईटेडले जित निकाल्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);