युरोपा लिग : पूर्व च्याम्पियन सेभियाद्वारा क्वाराबाग तीन शुन्यले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युरोपा लिग : पूर्व च्याम्पियन सेभियाद्वारा क्वाराबाग तीन शुन्यले पराजित

SOVIYA

एजेन्सी, ३ असोज ।  युरोपा लिगको समुह ए अन्तर्गतको खेलमा पूर्व च्याम्पियन सेभियाले क्वाराबागलाई तीन शुन्यले हराएको छ । बाकुमा भएको खेलमा घरेलु टिम विरुद्ध सेभियाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा उसले तीन गोल गर्न सफल भयो ।

सेभियाको जितमा जाभियर हर्नान्डेस, मुनीर र अलिभेर टोरेसले एक एक गोल गरे । जसमा ६२ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ७८ औं मिनेटमा मुनीरले बानेगाको पासमा उत्कृष्ट गोल गरेपछि पाहुना टिम सेभिया दुई शुन्यले अगाडी रह्यो । ८५ औं मिनेटमा ओलिभर टोरेसले टिमका लागि तेस्रो गोल गरे । त्यसपछि घरेलु टिम क्वाराबाग खेलमा फर्कन सकेन र सेभियाले नयाँ सिजनको युरोपा लिगमा पहिलो जित निकाल्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);