फिफा वरियतामा नेपाल पाँच स्थान माथि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फिफा वरियतामा नेपाल पाँच स्थान माथि

nepali football-fifa ranking

काठमाडौं, २ असोज । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान माथि उक्लेर १ सय ६१ औ स्थानमा रहेको छ ।

अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको नेपाल दक्षिण एसिया वरियतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ४ औं र माल्दिभ्स १ सय ५३ औ स्थानमा छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल भन्दा तल भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, पाकिस्तान २ सय ३ र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);