फिफा वरियतामा नेपाल ६ स्थान तल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

फिफा वरियतामा नेपाल ६ स्थान तल

nepali football-fifa ranking

काठमाडौं, ७ कात्तिक । नेपालको फिफा वरियता ६ स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औ स्थानमा पुगेको छ ।

विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको नेपालको वरियतामा समेत गिरावट आएको छ । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० गोल अन्तरले पराजित भएको थियो ।

दक्षिण एसियाली फुटबलमा नेपाल भन्दा माथिल्लो वरियतामा रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औ स्थानमा छ । यस्तै भारत दुई स्थान तल गर्दै १ सय ६ औ स्थानमा छ । नेपाल भन्दा तल्लो वरियतामा रहेको बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४ औ स्थानमा छ ।

बंगलादेशले पछिल्लो खेलमा वरियतामा माथि रहेको भारतलाइ बराबरीमा रोक्न सफल भएको थियो । यसैगरी भुटान चार स्थान तल झर्दै १ सय ८९ औ स्थान, पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १ औ स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय ३ औ स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । यस्तै दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल र चौथो स्थानमा ईङ्ल्याण्ड यथावत रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);