च्याम्पियन्स लिग : बार्सिलोनाद्धारा स्लाभिया प्राग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

च्याम्पियन्स लिग : बार्सिलोनाद्धारा स्लाभिया प्राग पराजित

barcelona vs slacia praha

एजेन्सी, ७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाभिया प्रागलाई हराएको छ । बुधबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो । अर्तुरो भिडालको पासलाई सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढेको थियो ।

स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौ जित निकाल्न सफल भएको छ । समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ भने स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);