स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित

spinish la liga

एजेन्सी, २४ कात्तिक । लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएको हो । मेस्सीले एक पेनाल्टीमा र फ्रिकिकमार्फत दुई सुन्दर गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । २३ औ मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई अघि बढाएका थिए । पाहुना टोली सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए ।

पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाएका थिए । सर्जियो बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए । शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);