चर्च ब्वाइज युनाइटेड पूर्वाञ्चल गोल्डकपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चर्च ब्वाइज युनाइटेड पूर्वाञ्चल गोल्डकपको फाइनलमा

काठमाडौं, २३ कात्तिक । नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापामा जारी पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उपाधि नजिक पुगेको चर्च ब्वाइजले १-० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्त पारेको हो । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो ।

खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । तर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन ।

१० वटा टिम सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);