महिला टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान तल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महिला टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान तल

काठमाडौं, २७ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा पुगेको छ ।

अघिल्लो वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीको वरियता बढेपछि नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १ सय २८ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो ।

एसोसियट राष्ट्रको टी ट्वान्टी वरियतामा नेपाल चौंथो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।

महिलाको टी ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको टी ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् । नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ दुई स्थान झर्दै ५९ औं स्थानमा रहेकी छिन् भने ब्याटिङतर्फ सिता ८५ औं स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान नेरी थापा ९० औं स्थानमा झरेकी छिन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);