जुम्लामा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जुम्लामा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’

high-altitude-tranning jumla

सुर्खेत, २८ भदौ ।  कर्णाली प्रदेशको ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ जुम्लामा बन्ने भएको छ। कर्णाली प्रदेश सरकार र संघीय सरकारको सहयोगमा जुम्लामा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ बन्न लागेको हो। निर्माण सम्पन्नपछि यो नेपालकै पहिलो ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ हुनेछ। गिनिज बुक अफ द वल्र्ड रेकर्डअनुसार विश्वकै अग्लो स्थानमा धान फल्ने जुम्ला पातारासी गाउँपालिका- ३ छुमचौरस्थित मालिका मावि लोडचौरको खेल मैदानमा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण हुनेछ।

जुम्ला सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने यो ठाउँ समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको छ। ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ बनाउनका लागि ३२ करोड तीन लाखको डीपीआरसमेत तयार भएको छ। डीपीआरमा चिसोतातो पानी भएको स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षा गार्ड, पाहुना घर, टिकट काउन्टरलगायतका भवन निर्माण गरिने उल्लेख छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);