आईसीसीको टी-२० वरियतामा नेपालको १२औं स्थान यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईसीसीको टी-२० वरियतामा नेपालको १२औं स्थान यथावत

एशोसियट राष्ट्रमध्य नेपाल शीर्ष स्थानमा

काठमाडौं, २२ पुस । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले जारी गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहँदै १२ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १ सय ९२ रेटीङ अंक पाएको छ।

एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालपछि स्कटल्याण्ड रहेको छ । यस्तै नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेको छ ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा अष्ट्रेलिया रहेका छन् । इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेको छ ।एकदिवसीय वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);