टी–२० वरियतामा नेपालको एक स्थान सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टी–२० वरियतामा नेपालको एक स्थान सुधार

T-20

काठमाडौं, ११ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएई, १६ औं र १३ औं स्थानमा झरेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);