प्रिमियर लिगमा युनाइटेडको २ हजार गोल, नर्विच सिटी ३-१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रिमियर लिगमा युनाइटेडको २ हजार गोल, नर्विच सिटी ३-१ ले पराजित

norwich vs united

एजेन्सी, ११ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

नर्विचको मैदानमा युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस रास्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । स्कोटको गोलसँगै युनाइटेड प्रिमियर लिगमा बिपक्षि विरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाएको छ । युनाइटेड प्रिमीयर लिगमा लिगमा २ हजार गोल पुरा गर्ने पहिलो क्लब बनेको छ ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १० खेलमा १३ अंक जोडेको छ । नर्विच ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);