रोनाल्डोको कीर्तिमानी ८०० गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रोनाल्डोको कीर्तिमानी ८०० गोल

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ ।

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन  गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।

योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन्  । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा  याे कीर्तिमानी बनाएका हुन् । खेलको १३ मिनेटमा आर्सनलका  स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए । ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २–१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए । 

तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।  जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);