पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले तोडे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले तोडे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान

एजेन्सी । पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले इरानका अली दाईको कीर्तिमानलाई तोड्दै नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । बिहीबार विश्वकप छनोटमा आयरल्यान्डमाथि २–१ को जित निकाल्ने क्रममा रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेका थिए ।

यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १११ पुगेको छ । जुन अली दाईको भन्दा रोनाल्डोको दूई गोलले बढी हो । गएराति रोनाल्डोले १५ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा गोल गर्न चुकेका थिए । आयरल्यान्डले ४५औं मिनेटमा जोन इगनको गोलबाट अग्रता लियो ।

हार नजिक रहेको पोर्चुगलले ८९औं मिनेटमा रोनाल्डोको गोलबाट बराबरी गर्यो । यससँगै उनले अलीको कीर्तिमान भङ्ग गरे । कप्तान रोनाल्डोले इन्जुरी समयमा अर्को गोल थपेपछि पोर्चुगलले तीन अंक पक्का गर्यो ।

रोनाल्डोले दुवै गोल हेडमार्फत गरेका थिए । ३६ वर्षे रोनाल्डा मंगलबार मात्र इटालियन क्लब युभेन्टसबाट इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड आएका थिए । पोर्चुगलबाट रोनाल्डोको यो १८० औं खेल हो । रोनाल्डोले २००३ मा पोर्चुगलबाट डेब्यू गरेका थिए ।

उनको यो कीर्तिमानी यात्रामा पहिलो गोल २००४ को युरोपियन च्याम्पियनसिपको समूह चरणमा ग्रिसविरुद्ध गरेका थिए । उक्त खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा दुई खेलाडीले मात्र एकसय गोलभन्दा धेरै गोल गरेका छन् ।

१९९३ देखि २००६ सम्म इरानबाट खेलेका अली दाईले १४९ खेलमा १०९ गोल गरेका हुन् । अली दाईले जर्मन क्लब बायर्न म्युनिख र हेर्था बर्लिनबाट क्लब फुटबल खेलेका थिए । महिलातर्फ भने क्यानाडाकी क्रिस्टिन सिनक्लेरले १८७ गोलसहित सबभन्दा अगाडि छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);