एजेन्सी, १६ भदौ । विश्व कप फुटबलको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले फरो आइल्याण्डलाई ५–१ ले पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले शानदार जित निकालेको हो । ह्याट्रिक सँगै पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले ब्राजिलका पेलेको रेकर्ड तोडेका छन् । रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका हुन् । पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए । पेलेले ९२ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ गोल गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि गरेको यो पाँचौ ह्याट्रिक हो । क्लब म्याचमा उनले ४३ पटक ह्याट्रिक गरेका छन् । जितसँगै विश्वकप युरोपियन छनोटको समूह ‘बि’ मा रहेको पोर्चुगल दोस्रो स्थानमा छ ।
समूहको शीर्षमा स्वीट्जरल्यण्ड रहेको छ । स्वीट्जरल्याण्डको २१ अंक छ भने पोर्चुगलकाो १८ अंक छ ।




