पाकिस्तानका ब्याट्सम्यान शरजील खानमाथि पाँच वर्षको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १५ भदौ । पाकिस्तानका ब्याट्सम्यान शरजील खानमाथि खेल मिलेमतोको आरोपमा पाँच वर्षको प्रतिबन्ध लागेको छ।

 

पाकिस्तान क्रिकेट बोर्डले २८ वर्षिय खानमाथि बुधबार पाँच वर्षको प्रतिबन्ध लगाउन निर्णय गरेको हो । बोर्डले ट्वान्टी–ट्वान्टी पाकिस्तान सुपर लिगमा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यहि क्रममा खेल मिलेमतोमा संलग्न भएको आरोपमा शरजील खानमाथि पाँच वर्षको प्रतिबन्ध लगाइएको बोर्डले जनाएको छ ।

 

खानले पाकिस्तानको राष्ट्रिय टिमबाट हालसम्म एउटा टेस्ट, २५ एक दिवसीय र १५ वटा ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगीता खेलेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);