पाकिस्तानी क्रिकेट खेलाडीलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाकिस्तानी क्रिकेट खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी,९ असार । पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई कोरोना भाइरसकाे संक्रमण देखिएको छ । इंग्ल्यान्ड भ्रमणका लागि टोलीमा रहेका हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना देखिएका ती खेलाडी सेल्फ आइसोलेसनमा रहेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । पाकिस्तानको क्रिकेट टोली आगामी साता इंग्ल्यान्ड भ्रमणमा जादैछ । इंग्ल्याण्डसंग टेष्ट र टी–ट्वान्टी क्रिकेट श्रृखलाका लागि पाकिस्तानी टोली आगामी जुन २८ तारिखमा इंग्ल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ ।

पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी–ट्वान्टी श्रृखला खेल्नेछ । दुई टोलीबीचको क्रिकेट श्रृखला जुलाई ३० मा सुरु हुनेछ । टी–ट्वान्टीका खेलहरु आगामी अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।

यसैबीच दक्षिण अफ्रिकी क्रिकेटसँग आवद्ध ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले १०० बढीको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । उनीहरु खेलाडी वा स्टाफ के हुन भन्नेबारेमा चाहि केही पनि खुलाइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);