पाकिस्तानद्वारा इंग्ल्यान्ड र वेस्ट इण्डिज भ्रमणका लागि राष्ट्रिय टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पाकिस्तानद्वारा इंग्ल्यान्ड र वेस्ट इण्डिज भ्रमणका लागि राष्ट्रिय टोलीको घोषणा

एजेन्सी । पाकिस्तानले इंग्ल्यान्ड र वेस्ट इन्डिज भ्रमणका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

पाकिस्तानले घोषणा गरेको टी–ट्वान्टी, एकदिवसीय र टेस्ट तिनवटै खोलका लागि आजमलाई कप्तानीको जिम्मेवारी दिइएको छ । पाकिस्तानले इंग्ल्यान्डसँग टी–ट्वान्टी र एकदिवसीय क्रिकेट श्रृखला खेल्नेछ ।

पाकिस्तान र इंग्ल्यान्डबीच जुलाई ८ देखि २० सम्म ३ खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय श्रृखला हुनेछ । यस्तै पाकिस्तानले वेस्ट इन्डिजसँग ५ वटा टी–ट्वान्टी र २ वटा टेस्ट खेल्नेछ । वेस्ट इन्डिज र पाकिस्तानबीचको श्रृखला जुलाई २७ देखि अगस्ट २४ सम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);