इंग्ल्यान्ड क्रिकेट टोलीले १५ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

इंग्ल्यान्ड क्रिकेट टोलीले १५ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने

एजेन्सी, ३० असोज । इंग्ल्यान्ड क्रिकेट टोलीले सन् २ हजार २१ को सुरुवातमा पाकिस्तानको भ्रमण गर्ने सम्बन्धमा छलफल थालेको छ । इंग्ल्यान्डले जनवरीको अन्त्य वा फेब्रेअरी सुरुवातमा पाकिस्तानको भ्रमण गर्न छलफल थालेको इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेटबोर्ड इसीबीले जनाएको छ ।

इसीबीका अनुसार पाकिस्तानको निम्तोमा सिमित ओभरको क्रिकेट खेल्नका लागि पाकिस्तान भ्रमणका लागि छलफल भईरहेको छ । इसीबीले भ्रमणको मिति तय गर्न पाकिस्तान क्रिकेट बोर्ड पीसीबीसँग छलफल भईरहेको तर ठोस निर्णय नभईसकेको जनाएको छ ।

इंग्ल्यान्डको क्रिकेट टोलीले १५ वर्षदेखि पाकिस्तानको भ्रमण गरेको छैन । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो । यस्तै सन् २००९ मा श्रीलंकाली क्रिकेट टोलीमाथि आतंककारी आक्रमण भएपछि पाकिस्तानले टेस्ट क्रिकेट श्रृखला आयोजना गरेको छैन ।

पाकिस्तानले भने हालै इंग्ल्यान को भ्रमण गरेको थियो । दुई टोलिबीच ३ खेलको टेस्ट र टी(ट्वान्टी सिरिज भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);