अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्षले नेपाल भ्रमण गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्षले नेपाल भ्रमण गर्दै

काठमाडौं,२ चैत्र । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीका अध्यक्ष ग्रेग बार्कलेले नेपाल भ्रमण गर्नुहुने भएको छ । नेपाली क्रिकेटको अवस्था र विकास बारे अवलोकन गर्न बार्कलेले नेपाल भ्रणम गर्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानले एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बार्कलेको नेपाल भ्रमणले नेपाली क्रिकेटमा अवसरको सिर्जना हुने र विकासको गतिलाई थप टेवा दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ । नेपाल भ्रमको क्रममा बार्कलेले कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानको अवलोकन पनि गर्नुहुनेछ ।

साथै उहाँले नेपालका प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग नेपाली क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग, आर्थिक पक्ष तथा खेलकुद नीतिबारे पनि छलफल गर्नु हुनेछ । बार्कलेले नेपाल भ्रमणका लागि उत्साहित रहेको बताएको पनि क्यानले जनाएको छ ।

विज्ञप्तीमा मार्च १८ देखि २८ सम्म हुने बार्कलेको भ्रमणलाई लिएर क्यान उत्साहित रहेको र यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास गरिएको छ । लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको अध्यक्ष रहेका वार्कले सन् २०२० मा आईसिसीको अध्यक्ष भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);