यसरी हुँदैछ क्रिकेटमा नयाँ अभ्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

यसरी हुँदैछ क्रिकेटमा नयाँ अभ्यास

काठमाडौं, २८ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १८ गते विज्ञापन गर्दै मुख्य प्रशिक्षक लगाएत विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । २१ दिनको म्याद राखेर खुल्ला गरेको दर्खास्तबाट आह्वान गरेका पदाधिकारी नियुत्त भए क्यान चलाउने नयाँ प्रयासको थालनी हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १८ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) सँग समन्वय गरे विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । यो पहिलो भने होइन । यस अघि प्रमुख कार्यकारी अधिकृत र प्रशिक्षको हकमा वपन दरखास्त आह्वान गरेको थियो ।

अहिले आह्वान गरेको दर्खास्तामा मुख्य प्रशिक्षकसँगै विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि पनि खुला प्रतिस्पर्धामा लगिएको छ । नेपाली क्रिकेटलाई आईसिसि मापदण्ड अनुसार अगाडि बढाउन दरर्खास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभयो । दरखास्त धेरैपदमा भएपनि अधिकांशको चासो मुख्य प्रशिक्षकमा परेको छ । यद्यपि अन्य पद पनि क्रिकेट सञ्चालनका लागि उत्तिकै महत्वपूर्ण छन् ।

सर्वाधिक चासो रहेको मुख्य प्रशिक्षकको लागि क्यानले स्वदेशी तथा विदेशी नागरिकले आवेदन दिन सक्ने ब्यवस्था गरेको छ । अन्य प्राविधिक कर्मचारीको पदमा भने नेपाली नागरिक हुनु पर्ने बताएको छ । विज्ञापनमा उल्लेख भए जस्तै सबै खाले मापदण्ड पूरा हुने पूर्व प्रशिक्षक जगत टमाटा भने आवेदन दिने या नदिनेमा अझै अनिश्चित हुनुहुन्छ । जगतका अलावा राजु बसन्यात, शेरे लामा र बिनोद दास लगाएतका केहीले लेभल थ्री कोर्श पूरा गरेका छन् ।

केहीसँग बाहेक सबैसँग सर्टिफिकेट छैन । उनीहरुको सर्टिफिकेट आउनै बाँकी छ । अध्यक्ष चन्दले तोकिएको मापदण्ड पुरा भएका नेपाली प्रशिक्षक अहिले सम्म पाउन सक्ने अवस्था नभएकाले संघको प्रशिक्षकमा विदेशी व्यक्तिनै आउन सक्ने सम्भावना उच्च रहेको बताउनुभयो । त्यसैले पनि राष्ट्रिय पुरुष तथा महिला क्रिकेटको प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएका टमाटाले इच्छा देखाएमा फेरीपनि प्रशिक्षकमा आउन सक्ने सम्भावना बलियो देखिन्छ । प्रशिक्षकमा जो आएपनि नेपाली क्रिकेटको साखलाई जोगाउन विगतको भन्दा माथिल्ले स्तरको प्रशिक्षणको खाँचो भने पक्कै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);