लेगेसी टुर नेपालबाट सुरु गर्ने एमसीसीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लेगेसी टुर नेपालबाट सुरु गर्ने एमसीसीको घोषणा

काठमाडाैं, १३ साउन । बेलायतको मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) ले विदेशी टुर कार्यक्रम अन्तर्गत लेगेसी टुर सिरिज गर्ने भएको छ ।  एमसीसीले आइतवार विज्ञप्ती जारी गर्दै लेगेसी टुरको सुरुवात नेपालबाट हुने जनाएको हो ।

विज्ञप्तीमा एमसीसीले आफ्नो फाउन्डेसन अन्तर्गत नेपाली क्रिकेटको विकासका लागि लिगेसी टुरको सुरुवातमा नेपाललाई रोजेको उल्लेख गरेको छ ।

नेपालले वानडे इन्टरनेशनल मान्यता पाएको र आइसीसीको सल्लाह अनुसार नेपालमा रहेको क्रिकेटको क्रेजलाई मध्यनजर गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्न लेगेसी टुर गर्न लागिएको जनाइएको छ ।

एमसीसीले यसअघि सन् २०१५ मा नेपाल भ्रमण गर्दै विभिन्न टोलीसँग क्रिकेट खेलेको थियो । एमसीसीका सहायक सचिव जोन स्टेफेनसनले एमसीसीको लिगेसी टुर नेपालबाट सुरु गर्न लागिएकोमा आफू खुशी भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);