सलमान खान जेठ १२ मा नेपाल आउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सलमान खान जेठ १२ मा नेपाल आउने

salman-khan-768x366

काठमाडौं, २६ चैत । बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर कोर्टले धरौटीमा रिहा गरे लगत्तै उनको नेपाल दबंग टुरको मिति घोषणा गरिएकोे छ । उनलाई दुई कालो हरिण शिकारको मुद्धामा बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ ।  पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने छ ।

जोधपुरको अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि सलमानको बैशाख पहिलो साता हुने भनिएको नेपाल टुर अन्योलमा परेको थियो । अब नेपालको आयोजक संस्थाले ‘दबंग द टूर नेपाल’ का लागि टिकट विक्रि फेरि सुरु गरेको छ ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गतेको ‘द दबंग टुर’ कार्यक्रम तत्काललाई स्थगित गरेको थियो ।

salman-in-nepal

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);