कालो हरिण मारेको आरोपमा जेल परेका सलमान खान जमानतमा रिहा | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

कालो हरिण मारेको आरोपमा जेल परेका सलमान खान जमानतमा रिहा

एजेन्सी, २४ चैत ।  दुर्लभ मानिने कालो हरिण मारेको आरोपमा दोषी ठहर भएका बलिउड अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । कालो हरिण मारेको आरोपमा उनलाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला सुनाइएको थियो ।

सेशन कोर्टका न्यायाधीश रविन्द्र कुमार जोशीले सलमानलाई जमानतमा रिहा गर्न आदेश दिएका हुन् । उनी आजै जेलबाट छुट्ने सम्भावना छ । जोधपुरको सीजेएम कोर्टले सलमानको यस मामिलामा दोषी ठहर गर्दै पांच वर्षको जेल सजाए सुनाएको थियो ।

सलमानलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनले जमानत स्वरुप उक्त रकम बुझाई सकेका छन् । यद्यपी उनी अझै रिहा भएका छैनन् । भारतीय सञ्चार माध्यमका अनुसार उनी शनिबार बेलुकासम्म जेलबाट रिहा हुन सक्नेछन् ।

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि