सगरमाथाको देशलाई सागरसँग जोड्ने मोदीको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सगरमाथाको देशलाई सागरसँग जोड्ने मोदीको उद्घोष

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ । तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज औपचारीक भेतवार्ता भएको हो । भेटवार्ता पछि भएको पत्रकार सम्मेलनमा दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध ऐतिहासिक भएको बताएका छन् ।

उक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा भारतको विश्वासिलो साथ, समर्थन र सहयोगको आग्रह गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए । मोदीले भने, ‘अब सगरमाथाको देशको पहुँच सागरसम्म पुगेको छ । नेपाल भुपरिवेष्ठित रहेन ।’ उनले नेपालको रेलमार्ग तथा उर्जा क्षेत्रमा भारतले लगानी गर्न चाहेको बताए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । साथै ओली र मोदीले संयुक्त रुपमा वीरगञ्जस्थित एकीकृत जाँच चौकीको पनि उदघाटन गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दा सुरु र अन्तिममा नेपाली भाषामा बोलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);