प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

२०८१,१२,२२

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिम्स्टेक०को छैटौं सम्मेलन सकिएपछि शुक्रबार बैंककमा उनीहरूबीच साइडलाइनु भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ।

भेट अगाडि बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गरेका थिए। उनले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका थिए।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ। शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री प्रतिनिधिमण्डलका नेताहरूले सम्बोधन गरेका थिए।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि