कालो हरिण शिकार काण्डमा सलमान खान दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कालो हरिण शिकार काण्डमा सलमान खान दोषी ठहर

salman khan

एजेन्सी , २२ चैत । भारतीय चर्चित अभिनेता सलमान खान कालो हरिण शिकार काण्डमा दोषी ठहर भएका छन् ।  हरिणको शिकार गरेको मामिलामा उनी करिब २० वर्षपछि दोषी ठहर भएका हुन् ।

सन् १९९८ मा जोधपुरको ग्रामिण क्षेत्रमा दुई कालो हरिणको शिकार गरेको आरोपमा सलमानसहित अन्य पाँचजनाविरुद्ध मुद्दा परेको थियो । खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए । उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ ।

खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ । अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन् । यसअघि सन् २००२ मा एकजना घरबार विहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए ।

सलमानलाई जनावर सिकार गरेको अभियोग लागेको यो चौथोपटक हो । यसअघिका तीनवटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);