यसकारण पुलिसले घर पुर्‍यायो सलमानलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

यसकारण पुलिसले घर पुर्‍यायो सलमानलाई

salman-khan-768x366

काठमाडाै, २८ पुस । अभिनेता सलमान खान मुम्बई पुलिसबाट घेरिएका छन् । उनलाई कुनै कसुरमा पुलिसले घेरेको भने होइन । पछिल्लो समय उनलाई ग्यांगस्टर लरेन्स बिश्रोईले ज्यानको धम्की दिएकाले पुलिसले उनको सुरक्षामा प्रहरी तैनाथ गरेको हो ।

सलमानलाई बिश्रोइ ग्यांगले ज्यान मार्ने धम्की दिनुमा कालो हरिण सिकार नै मुख्य कारण भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कालो हरिणको मुद्दाको सुनुवाइका लागि गत बिहीबार सलमान जोधपुर अदालत गएका थिए । त्यही अदालतमा अघिल्लो दिन लरेन्स बिश्रोईको सुनुवाइ थियो ।

त्यही क्रममा बिश्रोईले सलमानलाई जोधपुरमै मार्ने धम्की दिएको थियो । आफूलाई ज्यानको धम्की आएपछि सलमानले पुलिससँग सुरक्षा माग गरेका थिए । लरेन्स बिश्रोईमाथि सयौँ हत्या, लुट, फिरौती तथा कार अपहरणका मुद्दा छन् । बिश्रोई समुदायले कालो हरिणको पूजा गर्ने गर्दछ । आफ्नो समुदायले पूजा गर्ने जनावरलाई मारेकोमा उनीहरूले सलमानलाई ‘टार्गेट’ गरेको बताइन्छ ।

सलमान पछिल्ला दिन ‘रेस–३’ फिल्मको सुटिङमा व्यस्त छन् । मुम्बईको फिल्म सिटीमा सुटिङ भइरहेको अवस्थामा मंगलबार पुलिसको एक टोली एकाएक सेटमा पुग्यो र सलमानलाई घेर्‍यो ।

नवभारत टाइम्सका अनुसार पुलिसले हतियारधारी ग्यांग मुम्बईको त्यो एरियामा प्रवेश गरेको सूचना पाएको थियो । सोही आधारमा पुलिसले सलमानको सुरक्षा व्यवस्था कडा गरेको हो । पुलिसले सलमानलाई सुरक्षा दिँदै सुटिङस्थलबाट घर बान्द्रास्थित उनको घर पुर्‍याएको थियो । नयाँ पत्रिकाबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);