सलमानले मारेको कालो हिरणको सम्झनामा स्मारक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सलमानले मारेको कालो हिरणको सम्झनामा स्मारक

मुम्बई।बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाईएको छ।

सलमानलाई केही समय अघि लरेन्स बिश्नोई समूहले ज्यानको धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हिरणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो किरण मारेको आरोप छ। २४ वर्षअघि फिल्म ‘हम साथ साथ है’को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।कालो हिरणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा काले हिरणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हिरणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ । यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ। गाउँको मन्दिरमा राख्नका लागि कालो हिरणको मूर्ति तयार भइसकेको छ । गाउँका मानिसहरुले चन्दा संकलन गरेर मन्दिर बनाएका हुन् ।

स्थानीय हनुमान राम विश्नोईले सलमानले हिरण मारेको समयमा स्थानीय जनावरको संरक्षणका लागि मन्दिर बनाउन माग गरेको खुलाए । मन्दिरमा आउने जोकोही व्यक्तिलाई जनावरको संरक्षणको महत्वबारे जानकारी दिन यो निर्णय लिइएको उनले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);