अभिनेता सलमान खानले शुक्रबार पनि जेलमै रात गुजार्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अभिनेता सलमान खानले शुक्रबार पनि जेलमै रात गुजार्नुपर्ने

एजेन्सी, २३ चैत । भारतमा दुर्लभ मानिने कालो हरिण मारेको आरोपमा दोषी ठहर भएका बलिउड अभिनेता सलमान खानले आज पनि जेलमै रात गुजार्नुपर्ने भएको छ ।

जोधपुरका सेशंस कोर्टमा भोलि पुनः यस मुद्दामा सुनुवाई हुनेछ । त्यतिबेलासम्म सलमानले जेलमै बस्नु पर्ने छ । जोधपुरस्थित अदालतमा सलमानको जमानतका लागि आज सुनुवाई गर्ने तयारी गरेको थियो ।

तर, केही कागजाग जुटाउनुपर्ने भएकाले सुनुवाई भोलि शनिबार सम्मका लागि सरेको हो । सलमानका वकीलले महेश बोडाले जमानतका लागि आवेदन दिएका थिए । यसक्रममा सरकारी वकीलसमेत उपस्थित थिए ।

तर, तल्लो अदालतको अभिलेख नआएकाले सुनुवाई शनिबार मात्रै हुने बताइएको हो । लिहाजा न्यायाधीशले दुबै पक्षलाई सम्बन्धित सबै फाइल उपलब्ध गराउन भनेका छन् । ती फाइलको अध्ययनपछि सलमानको जमानतबारे फैसला हुने छ ।

यसअघि हिजो सलमानलाई कालो हरिण मारेको मुद्दामा पाँच वर्षको सजाय सुनाउँदै न्यायाधीशले २ सय १ पानाका लिखित फैसला दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);