घर छाडेर प्रेमिकासँग बस्छन् वरुण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

घर छाडेर प्रेमिकासँग बस्छन् वरुण

काठमाडौं, २७ पुस । पैसा कमाउन थालेपछि बाबुआमासँग छुट्टिएर बसेका बलिउड कलाकार थुप्रै छन् । त्यसमै थपिएका छन्, वरुण धवन पनि । गत वर्ष आलिया भट्ट आफ्नै कमाइले नयाँ घर किनेर बाबुआमासँग छुट्टै बस्न थालिन् । अहिलेचाहिँ वरुण बाबु डेबिडको घर छाडेर आफ्नै घरमा बस्न थालेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

वरुणले केही समयअघिदेखि मुम्बईमा घर खोजिरहेका थिए । नयाँ घरमा वरुणले आफ्नी प्रेमिका नताशा दलालसँग समय बिताउने गरेका छन् । नताशा र वरुण बाल्यकालदेखि नै साथी हुन् । सँगै हुर्किएका उनीहरूबीच गहिरो प्रेम छ । तर, पछिल्लो समय वरुण आलियासँग नजिकिएकाले नताशा तनावमा छिन् ।

त्यसकारण पनि नताशाले वरुणसँग समय बिताउने गरेको बताइन्छ । वरुण, आलियाजस्ता मध्यम क्रेजका कलाकारले बाबुआमासँग छुट्टै बस्न थाले पनि सलमान खानजस्ता मेगास्टार भने आमाबाबुसँगै बस्छन् । सलमान अझै पनि बच्चा वेलामा झैँ आमाकै हातबाट खाना खान मन पराउँछन् । वरुणले घर छाडेर प्रेमिकासँग नयाँ घरमा बस्न थालेको कुरालाई भारतीय मिडियाले सकारात्मक रूपमा भने लिएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);