बिहेको तयारीमा रियल जोडी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बिहेको तयारीमा रियल जोडी

सन् २०१७ को अन्त्यतिर अनुष्का शर्माले आफ्ना प्रेमी क्रिकेटर विराट कोहलीसँग बिहे गरिन् । लामो समयदेखिको प्रेमसम्बन्धलाई उनीहरूले डिसेम्बर १२ मा बिहेमा परिणत गरे । बलिउडमा अनुष्का र विराटजस्ता थुप्रै प्रेमजोडी छन् । भारतीय अनलाइन मिडियाले सन् २०१८ मा बिहे गर्न सक्ने केही जोडीको बारेमा रिपोर्ट तयार गरेका छन् :

रणवीर र दीपिका
रणवीर सिंह र दीपिका पादुकोण लामो समयदेखि प्रेममा छन् । उनीहरू अभिनीत पद्मावत प्रदर्शनको तयारीमा छ । उनीहरू अब त्यसकै प्रमोसनमा लाग्दैछन् । फिल्म अभिनयसँगै उनीहरूले सन् २०१८ मै बिहे गर्न सक्ने मिडियाहरूको दाबी छ ।

दीपिकाले गत शुक्रबार आफ्नो ३२औँ जन्मदिन मनाइन् । सो अवसरमा रणवीरका बाबुआमाले दीपिकालाई हिराको सेट र साडी उपहार दिएका थिए । त्यसबाट रणवीरका बाबुआमा दीपिकालाई बुहारी बनाउन आतुर भएको दाबी गरिएको छ । रणवीर पनि दीपिकासँग बिहे गर्न तयार छन् । तर, दीपिकाले भने अझै केही समय अभिनयमै केन्द्रित हुन चाहेकाले बिहे गरिहाल्न चाहेकी छैनन् ।

सोनम–आनन्द
अनिल कपुरकी छोरी सोनम कपुर र दिल्लीका व्यापारी आनन्द आहुजा लामो समयदेखि अफेयरमा छन् । आनन्द जहाँ पनि सोनमका साथ देखिने गर्दछन् । सोनमका आमाबाबुले पनि आन्नदलाई मन पराउँछन् । सोनमको फिल्मी करिअरले उचाइ लिन सकिरहेको छैन । त्यसैले पनि उनलाई घरबाट बिहेको दबाब आइरहेको हो । मिडिया रिपोर्टका अनुसार सोनम र आनन्द यही वर्षको अप्रिलमा जोधपुरमा बिहे गर्दै छन् । उनीहरूको बिहेमा परिवारका तीन सयजना जन्ती हुनेछन् । दुवैको परिवारले बिहेमा कसकसलाई निमन्त्रणा दिने भनेर लिस्ट तयार गरिरहेका छन् ।

वरुण–नताशा
अभिनेता वरुण धवन र नताशा दलाल बच्चैदेखि अफेयरमा छन् । सँगै बाल्यकाल बिताएका वरुण र नताशा बिहेको मुडमा पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् । वरुणका बाबु निर्देशक डेबिड पनि नताशालाई नै बुहारी बनाउन चाहन्छन् । उनीहरूले यही वर्ष बिहे गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतीक–सान्या
अभिनेता प्रतीक बब्बर सान्या सागरसँग प्रेममा छन् । लखनउमा बस्ने गरेकी सान्या पेसाले लेखक, भिजुअल एडिटर र निर्देशक हुन् । राजनीतिक नेताकी छोरी सान्या र प्रतीकले २२ जनवरीमा लखनउमा इन्गेज्मेन्ट गर्दै छन् । विगत ८ वर्षदेखि प्रेममा रहेका उनीहरूले यही वर्ष बिहे गर्ने बताइएको छ ।

नरगिस–मैट
लामो समय उदय चोपडासँग प्रेममा रहेकी अभिनेत्री नरगिस फकारी अचेल नयाँ अमेरिकी डाइरेक्टर मैट अलोजोसँग प्रेममा छिन् । उनीहरूले क्रिसमस पनि सँगै बिताएका थिए । उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा रहेको बताइएको छ ।

मिलिन्द–अंकिता
५३ वर्षीया अभिनेता मिलिन्द सोमण २६ वर्षीया प्रेमिका अंकिता कोवरसँग बिहे गर्ने तयारीमा छन् । विगत एक वर्षदेखि प्रेममा रहेका उनीहरू पछिल्लो समय जहाँ पनि सँगसँगै देखिने गरेका छन् । गत महिना मिलिन्द अंकिताका बाबुआमालाई भेट्न गुवाहटी पुगेका थिए । बाबुआमा अंकिताको बिहे गरिदिन राजी भएको बताइन्छ ।

मौनी–मोहित
टिभी स्टार मौनी रोय र मोहित रैना पनि यही वर्ष बिहे गर्ने तयारीमा छन् । विगत केही वर्षयता प्रेममा रहेका उनीहरू छिट्टै नै बिहे गर्ने योजनामा छन् । मौनी र मोहितको भेट चर्चित टिभी सिरियल ‘देवो के देव महादेव’को सुटिङका क्रममा भएको थियो । उक्त सिरियलमा मोहितले महादेव र मौनीले सतीको भूमिका निर्वाह गरेका थिए । सुटिङकै क्रममा उनीहरूबीच प्रेम झाँगिएको थियो । मौनीले अक्षयकुमारका साथ ‘गोल्ड’ फिल्ममा अभिनय गरेकी छिन् ।

नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);