बलिउडका अविवाहित ११ हिरोइन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बलिउडका अविवाहित ११ हिरोइन

बलिउडमा थुप्रै हिरोइन अविवाहित छन् । अनुष्का शर्माले २९ वर्षको उमेरमा ११ डिसेम्बरमा प्रेमी विराट कोहलीसँग बिहे गरिन् । अनुष्काको बिहेपछि अविवाहित हिरोइनहरूलाई बिहेको दबाब बढेको छ । परिवार मात्र होइन, आफन्ती तथा मिडियाले समेत फलानीले बिहे गरिन्, तिम्रो कहिले ? भनेर वाक्क लगाउने गरेका छन् । भारतीय अनलाइनले बलिउडका केही चर्चित अविवाहित हिरोइनबारे एउटा रिपोर्ट तयार गरेको छ :

प्रियंका चोपडा
बलिउड मात्र नभई हलिउडका फिल्ममा पनि अभिनय गरिरहेकी प्रियंका चोपडा ३५ वर्षकी भइन् । सन् २००३ मा ‘द हिरो लभ स्टोरी अफ अ स्पाई’बाट डेब्यु गरेकी प्रियंका बिहे गर्नलायक केटो नपाएको दाबी गर्ने गर्छिन् । यद्यपि, उनको शाहिद कपुर, हरमन बबेजा, अली मर्चेन्ट, अक्षयकुमारलगायतसँग अफेयर चलिसकेको छ । प्रियंका तत्काल बिहेको मुडमा छैनन् ।

दीपिका पादुकोण
३१ वर्षीया दीपिका अविवाहित छिन् । तर, अफेयरको मामलामा उनी पनि कम छैनन् । सन् २००७ मा बनेको शाहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट डेब्यु गरेकी उनको क्रिकेटर एमएस धोनी, युवराज सिंह, रणवीर कपुर तथा रणवीर सिंहसँग अफेयर चलिसकेको छ । पछिल्ला केही वर्षयता भने दीपिका रणवीर सिंहको प्रेममा छिन् । उनी पनि तत्काल बिहे गर्ने सोचमा छैनन् ।

ज्याक्लिन फर्नान्डिस
सन् २००९ मा अलादिन फिल्मबाट बलिउडमा डेब्यु गरेकी श्रीलंकन अभिनेत्री, मोडल ज्याक्लिन पनि अविवाहित छिन् । ३२ वर्षीया ज्याक्लिनको बहराइनका राजकुमार शेखहसन विन रसिद अलखालिफा, फिल्म निर्देशक साजिद खान, अभिनेता शाहिद कपुर, सलमान खानलगायतका पुरुषसँग नाम जोडिने गरेको छ । प्रेमी फेर्न माहिर मानिने ज्याक्लिन पनि तत्काल बिहेको बोझ उठाउन चाहन्नन् ।

तब्बु
तब्बु पनि अविवाहित नै छिन् । ४६ वर्षीया तब्बुले सन् १९८२ मा बजार फिल्मबाट अभिनय यात्रा सुरु गरेकी हुन् । उनको निर्देशक, निर्माता साजिद नाडियावाला, अभिनेता सञ्जय कपुर र तेलेगु अभिनेता अक्किनेनी नागार्जुनसँग प्रेम चल्यो । तर, बिहे भने कसैले गरेनन् । तब्बु अब बिहे नगर्ने सोचमा छिन् ।

क्याट्रिना कैफ
३४ वर्षीया क्याट्रिना कैफ पनि अविवाहित छिन् । सन् २००३ मा ‘बुम’ फिल्मबाट डेब्यु गरेकी क्याट्रिनाको प्रेम कहानी पनि अचम्मकै छ । उनको सलमान खान, अक्षय कुमार, रणवीर कपुरलगायतका हिरोसँग प्रेम चलिसकेको छ । रणवीरसँगको अफेयर बिहेमा परिणत हुने तयारीमा थियो । तर, उनीहरूबीच ब्रेकअप भयो ।

नरगिस फाखरी
सन् २०१२ को रकस्टारबाट बलिउडमा डेब्यु गरेकी नरगिस फाखरी पनि अविवाहित छिन् । ३८ वर्षीय नरगिसको अभिनेता, निर्माता उदय चोपडासँग अफेयर चलिरहेको छ । केही समयपछि उनीहरूले बिहे गर्ने भारतीय मिडियाको दाबी छ ।

सोनम कपुर
अभिनेता अनिल कपुरकी छोरी सोनम पनि अविवाहित छिन् । सञ्जयलीला भन्सालीको ‘साँवरिया’ फिल्मबाट डेब्यु गरेकी सोनम ३२ वर्षकी भइन् । उनको मोडल साहिर बेरी र निर्देशक पुनित मल्होत्रापछि व्यापारी आनन्द आहुजासँग अफेयर चलेको छ । आन्नद र सोनम प्रायः सँगै देखिने गरेका छन् ।

अमिशा पटेल
अमिशा पटेलको पनि बिहे भएको छैन । ४२ वर्षीया अमिशा सन् २००० मा ‘कहो ना प्यार है’ फिल्मबाट हिरोइन बनेकी हुन् । उनको निर्देशक विक्रम भट्टपछि कनाभ पुरीसँग प्रेम चल्यो । पछिल्लो समय उनी एकल रहेको बताइन्छ ।

डायना पेन्टी
३२ वर्षीया डायना पनि अविवाहित छिन् । सन् २०१२ मा ‘ककटेल’ फिल्मबाट हिरोइन बनेकी डायना पनि अफेयरको मामलामा भने चर्चित नै छिन् । उनको व्यापारी हर्ष सागरसँग प्रेम चलिरहेको छ ।

नेहा धुपिया
३७ वर्षीया नेहाको पनि बिहे भएको छैन । सन् २००३ मा रिलिज भएको ‘क्यामत सिटी अन्डर थ्रेट’बाट बलिउडमा डेब्यु गरेकी उनी पछिल्लो समय फिल्मविहीन छिन् । स्क्वास खेलाडी ऋत्विक भट्टाचार्य, जिम्मी सेल्भस्टर, क्रिकेटर युवराज सिंहलगायतका मर्दसँग उनको प्रेम चलिसकेको छ ।

सुस्मिता सेन
सुस्मिता ४२ वर्षकी भइन् । सन् १९९६ को ‘दस्तक’ फिल्मबाट डेब्यु गरेकी उनी पनि अविवाहित छिन् । निर्देशक विक्रम भट्ट हुँदै उनको व्यापारीहरू सञ्जय नारंग, इम्तियाज खत्री, बन्टी सचदेवा, ऋत्विक बसिम, सबिर भाटिया, अभिनेता रणदीप हुड्डा, विज्ञापन निर्देशक मानव मेनन, निर्देशक मुडासर अजिज, क्रिक्रेटर वासिम अक्रामलगायतका झन्डै एक दर्जन पुरुषसँग प्रेम चल्यो । तर, उनले कहिले बिहे गर्छिन् ? यो भने उनी आफैँलाई थाहा छैन ।

नयाँ पत्रिकाबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);