हैप्पी बर्थडे सलमान खान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एजेन्सी, १२ पुष । बलिउड सुपरस्टार सलमान खानले आज ५२ औं जन्मदिन सेलिव्रेट गर्दैछन् ।

सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । सलमानलाई धेरैले प्रेमु, सल्लू भाईु, भाईजानु, सुल्तानु जस्ता उपनामले पुकार्ने गर्छन् । सलीम खान, सलमानका पिता हुन्, जो बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । उनको आमाको नाम सुशीला चरक हो । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन् अरबाज खान र सोहिल खान, जो बलिउडका नाम चलेका कलाकार हुन् । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ुटाइगर जिन्दा हेुले बक्स अफिसमा रेकर्डतोड कलेक्सन गरिरहेकोे छ ।

मैंने प्यार किया, पत्थझर के फूल, साजन, अन्दाज अपना अपना, हम आपके हैं कौन, करन अर्जुन, खामोशी, जुडवा, प्यार किया तो डरना क्या, बन्धन, बीवी नं १, हम दिल दे चुके सनम, हम साथ साथ हैं, दुल्हन हम ले जाएंगें, तेरे नाम, गर्व, मुझसे शादी करोगी, नो इन्ट्री, क्योंकि, पार्टनर, दबंग, बडीगार्ड, एक था टाइगर, दबंग २, कि‍क, सुल्तान, बजरंगी भाईजान र प्रेम रतन धन पायो सलमानका सुपरहिट चलचित्र हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);