सुटिङ सेटमा ढिलो पुग्छन् बलिउडका यी कलाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुटिङ सेटमा ढिलो पुग्छन् बलिउडका यी कलाकार

मुम्बई। बलिउडमा यस्ता केही कलाकार छन्, जो सुटिङ सेटमा कहिल्यै पनि समयमा पुग्दैनन् । उनीहरूकै कारण कैयौंपटक निर्माताले तनावको अवस्था झेल्नु परेको छ । किनकि सुटिङ सेटमा यी कलाकार नपुगुन्जेलसम्म सुटिङका सबै काम रोकिएका हुन्छन् । सन् ९० को दशकमा अभिनेता गोविन्दाले त यो मामिलामा सबै हद पार गरेका थिए ।

सलमान खान

यो सूचीमा शीर्षस्थानमा अभिनेता सलमान खान पर्छन् । उनी जुनै फिल्मको सुटिङ सेटमा ढिलो पुग्छन् । तर ढिलो पुगे पनि आफ्नो काम चाहिँ छिटो गर्छन् ।

शाहरुख खान

सेटमा ढिलो पुग्नेमा अभिनेता शाहरुख खान पनि पर्छन् । उनी सलमानकै जस्तो ढिलो पुग्छन् र आफ्नो काम छिटो सक्छन् ।

गोविन्दा

सन् ९० को दशकमा गोविन्दाले आफ्नो अभिनयका कारण लाखौंको मन जिते । तर सुटिङ सेटमा ढिलो पुग्ने मामिलामा उनी अगाडि नै थिए । यहीकारण उनले कैयौं तनावको सामना गर्नुपरेको थियो ।

रणवीर कपूर

अभिनेता रणवीर कपूर पनि यो सूचीमा पर्छन् । उनको पनि सुटिङ सेटमा ढिलो पुग्ने बानी छ ।

रणवीर सिंह

अभिनेता रणवीर सिंहको अभिनय शैलीबाट जोकोही प्रभावित छन् । उनी जे काम गर्छन्, लगाव दिएर गर्छन् । तर सुटिङ सेटमा भने उनी कैयौं पटक ढिलो नै पुगेका छन् ।

राजेश खन्ना

बलिउडका स्टार अभिनेता राजेश खन्ना पनि सेटमा सही समयमा नपुग्ने अभिनेतामा चिनिन्थे । यहीकारण उनको करियर पनि खस्कँदै गयो ।

करीना कपूर

बलिउडकी बेबो अर्थात अभिनेत्री करिना कपुर अभिनय र सुन्दरतामा जति अब्बल छिन्, सुटिङ सेटमा समयमै पुग्नमा उनी उत्तिकै ढिला छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);