मोडल तथा कलाकार विना थापाको सडक दुर्घटनामा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोडल तथा कलाकार विना थापाको सडक दुर्घटनामा मृत्यु

काठमाडौं, १३ पुस । बत्तीसपुतलीमा बुधवार पानी ट्याङ्करको ठक्करबाट कलाकार बिना थापाको मृत्यु भएको छ ।

बा २ ख ८९४ नंको पानी ट्यांकरले बा ५५ प १३८७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गुल्मी घर भई हाल धापासी बस्दैआएका २७ वर्षीया बीना थापाको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थिएटर म्युजिक भिडियोमा काम गरेकी विनाले रेखा थापाको रामप्यारीमा अभिनय गरेकी थिइन् । नृत्यमा पोख्त बिनाले केहि म्यूजिक भिडियोका साथै रिलिजको तयारीमा रहेको चलचित्र ‘पिंजडा ब्याक अगेन’ मा समेत अभिनय गरेकी छन्  ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);