सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

accident

पोखरा, १३ कात्तिक । सडक दुर्घटनामा परी पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका लमजुङ बसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका अजित गुरुङ र चालक  कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);