ताेकिएकाे समयभित्र धरहरा सम्पन्न नहुने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ताेकिएकाे समयभित्र धरहरा सम्पन्न नहुने संकेत

dharahara punarnirman

काठमाडौं, १३ कात्तिक । भूकम्पले ढलेको धरहराको पुनर्निर्माण कार्य समयमै नसकिने देखिएको छ । दुई वर्षभित्र धरहराको पुननिर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा काममा भएको ढिलाईले धरहरा तोकिएको समयमा नबन्ने भएको हो । झण्डै ४ अर्बको लगानीमा २०७७ सालको असोज भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहराको पुनर्निर्माण अहिलेसम्म २७ प्रतिशत मात्र सकिएको छ ।

२०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको धरहराको पुनःनिर्माणका लागि रमन जेभीसँग सम्झौता भएको छ । सम्झौता अनुसार २ हजार ७७ असोज २१ सम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ । तर हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ ।

गत २ हजार ७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामकृष्ण मर्हजनका अनुसार अहिले धरहरालाई मात्र दुई वर्षभित्र सम्पन्न गर्ने गरी तीन सिफटमा गरी ५० जना कर्मचारी लगाई तीव्र गतिमा काम भईरहेकोे छ ।

सरकारले धरहराको पुननिर्माणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । त्यसकारण सरकार जतिसक्दो छिटो आयोजनाको निर्माण गर्न चाहन्छ । तर अहिलेकै गतिमा काम हुने हो भने अबको पाँच वर्षमा समेत धरहराले पूर्णता पाउने स्थिति देखिएको छैन् । धरहरा दुई वर्ष भन्दा पहिले नै बनेको हेर्ने ईच्छा रहेको पदमबहादुर सृष्ठको चाहना रहेको छ।

धरहरा निर्माणका लागि अहिले दैनिक ५० जना कामदार खटिएको बताइन्छ । तर कामको नतिजा हेर्दा कम देखिन्छ । तोकिएको समयमा धरहरा बन्छ कि बन्दैन भन्नेमा सर्वसाधारण अन्यौल देखिन्छन् ।

तीन अर्ब ८० करोडको लागतमा धरहरा निर्माणको काम भईरहेको छ । सुन्धारास्थित हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो भूमिगत तह खनेर तीन तले पार्किङस्थल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरिसकेको छ । अहिले निर्माणतर्फ २७ प्रतिशत काम हुँदा हालसम्म ५५ करोड रुपैया खर्च भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);