निर्मातालाई चकित पार्ने ऐश्वर्याको डिमाण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्मातालाई चकित पार्ने ऐश्वर्याको डिमाण्ड

केही वर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै ‘फन्ने खाँ’मा सक्रिय भइन् । उनको फिल्म आगामी इदमा रिलिज हुँदै छ, जसको टक्कर सलमानको ‘रेस ३’सँग हुनेछ भन्दै नयाँ पत्रिकामा खबर छापिएको छ ।

यसपछि पनि ऐश्वर्यालाई लगातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई नर्गिस अभिनित फिल्म ‘रात और दिन’को रिमेकका लागि प्रस्ताव आएको छ । स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भूमिका छ ।

तर, जब पारिश्रमिकको कुरा उठ्यो, तब उनले १० करोड रुपैयाँ माग गरिन् । उनको ‘रेट’ सुनेर सबै चकित परे । यति पारिश्रमिक अहिले बलिउडमा सबैभन्दा चलेका अभिनेत्रीको पनि छैन ।

तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भइन् । दोहोरो भूमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करोड दिन आफू राजी भएको अरोराले बताएकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);