पूर्व प्रेमिकाको ‘पोन्नियिन सेल्वन २’सँग भिड्दैछन् सलमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पूर्व प्रेमिकाको ‘पोन्नियिन सेल्वन २’सँग भिड्दैछन् सलमान

एजेन्सी । सलमान खानको फिल्म रिलिज हुँदा कुनै पनि सुपरस्टार वा निर्देशकको फिल्म बक्स अफिसमा रिलिज हुने गरेको छैन् । तर, सन् २०२३ मा भने सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’सँगै ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ रिलिज हुने भएको बताइएको छ । ऐश्वर्या सलमानकी पूर्व प्रेमिका हुन् ।

सलमानको फिल्म प्रायः  इद या दिवालीमा रिलिज हुन्छ ।  त्यसकारण ‘किसीका भाई किसी की जान’लाई इदमा अर्थात २१ अप्रिलमा रिलिज गर्ने योजना बनाइएको थियो । तर, उनको अर्को फिल्म ‘टाइगर ३’ इदमा रिलिज हुने भएपछि यो फिल्मलाई दिवालीसम्म सारिएको छ ।

फिल्म ‘पोन्नियन सेल्वन १ र २’ ११ औँ शताब्दीको कथा हो । हिन्दी बेल्टमा ‘पोन्नियन सेल्वन’ ५ हप्तासम्म चलेको थियो । फिल्मले विश्वव्यापी रुपमा ५०० करोड बढी कारोबार गरेको थियो । सलमानको फिल्मको एक हप्ता पछि ऐश्वर्याको फिल्म रिलिज हुनुले सलमानको ‘किसीका भाइ किसीकी जान’लाई खतरा हुनसक्ने चर्चा बलिउडमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);