‘रेस ३’ बक्सअफिस : ७ दिनमा ७ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘रेस ३’ बक्सअफिस : ७ दिनमा ७ रेकर्ड

race 3

एजेन्सी, ९ असार । ‘झुर’ समीक्षाका बीच पनि रेमो डीसूजा निर्देशनमा बनेको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ ले बक्सअफिसमा कमाईको रेकर्ड बनाइरहेको छ । बिहीवारसम्मको कलेक्सन रिपोर्ट हेर्ने हो भने यो फिल्म चाँडै १५० क्लबमा ईन्ट्री हुनेछ ।

अहिलेसम्म फिल्मले यस वर्ष कमाईको कयौं रेकर्ड बनाएको छ । अहिले जसरी फिल्मको कलेक्सन निस्किरहेको छ, यसले चाँडै २ सय करोड कमाउने फिल्मी पण्डितहरुको आँकलन छ । ‘रेस ३’ ले प्रदर्शनको ६ दिनमा १३८ करोडको कमाई गरिसकेको छ ।

फिल्मको कलेक्सनबाट खुसी भएर सलमानले दर्शकलाई धन्यवाद दिएका छन् । एक ट्वीटमा उनले लेखेका छन्, ‘सिनेमाघर गएर ‘रेस ३’ हेर्ने दर्शकलाई धन्यवाद दिन चाहन्छु र यस कुराबाट म खुसी छु कि यसलाई तपाईहरुले मनपराइदिनुभयो र हरेक एक प्रयासलाई रुचाइदिनुभयो । भगवानले तपाईहरुमाथी कृपा गर्नुहोस् ।’

‘रेस ३’, ‘रेस’ सीरिजको तेस्रो फिल्म हो । यसमा निकै एक्सन सिन छ । तर, अधिकांश समीक्षक र दर्शकको एक ठूलो वर्गले फिल्मको कथालाई लिएर आलोचना गरेका छन् । फिल्ममा सलमानका अलावा अनिल कपूर, बबी देओल, जैकलिन, डेजी शाह साकिब सलीम जस्ता कलाकारहरुको अभिनय छ । रमेश तौरानीले यसको निर्माण गरेका हुन् ।

फिल्मले बनाइसकेको छ यो ७ रेकर्ड :-

१. सबैभन्दा बढी स्क्रिन कब्जा

‘रेस ३’ पछिल्लो हप्ता ईदको एक दिन अगाडि रिलिज भएको थियो । भारतीय मिडियाका अनुसार, फिल्मले ७२ परसेन्ट स्क्रिन कब्जा गरेको छ । यो मामलामा सलमानको फिल्मले ‘बागी २’, ‘पद्मावत’, ‘वीरे दी वेडिंग’ र यस वर्ष रिलिज भएका अन्य फिल्मलाई समेत पछाडि छाडेको छ ।

२. २०१८ को सबैभन्दा ठूलो ओपनर

सलमान खानको ‘रेस ३’ ले ‘बागी २’ (२५.१० करोड) र पद्मावत (२४ करोड) लाई पछाडि छाड्दै सबैभन्दा ठूलो ओपनरको रेकर्ड आफ्नो नाम गरेको छ । फिल्मले पहिलो दिन २९.१७ करोडको कलेक्सन गरेको थियो ।

३. एक दिनमा सबैभन्दा बढी कमाईको रेकर्ड

फिल्मले रिलिजको तेस्रो दिन बक्सअफिसमा ३९.१६ करोड कमाएको छ । यो यस वर्ष रिलिज भएका कुनै पनि हिन्दी फिल्मको एक दिनमा सबैभन्दा धेरै कलेक्सन हो ।

४. विकेन्डमा सबैभन्दा धेरै कमाई गर्ने दोस्रो फिल्म

‘रेस ३’ ले १०६.४७ करोडको कलेक्सन निकाल्दै विकेन्डमा कमाईको एक अर्को रेकर्ड आफ्नो नाम गरेको छ । दीपिका पादुकोणको ‘पद्मावत’ पछि सलमानको यो फिल्मले विकेन्डमा सबैभन्दा बढी कमाई गरेको छ ।

‘पद्मावत’ ले विकेन्डमा ११४ करोडको कलेक्सन गरेको थियो । तर, ‘पद्मावत’ को विकेन्ड पाँच दिनको थियो र यो फिल्म तमिल र तेलुगुमा पनि रिलिज भएको थियो । ‘रेस ३’ हिन्दीमा मात्र रिलिज भएको हो र यसको विकेन्ड तीन दिनको हो ।

५. यस वर्षको सबैभन्दा चाँडो सय करोड कमाउने फिल्म

‘पद्मावत’ र ‘बागी २’ लाई सय करोड कमाउन ७/८ दिन लागेको थियो । ‘रेस ३’ ले भने मात्र प्रदर्शनको तीन दिनमा नै सय करोड कमाउन सफल भयो ।

६. ईदमा सबैभन्दा बढी कमाउने फिल्म

ईदमा सलमानका कयौं फिल्मले निकै राम्रो विजनेश गरेका छन् । उनलाई ईदको सुपरस्टार पनि भन्ने गरिन्छ । ‘रेस ३’ ले ईदमा ३८.१४ करोड कमायो र सलमानको पछिल्लो फिल्म ‘सुल्तान’ (३६.५४ करोड) को रेकर्ड समेत तोड्यो ।

७. सबैभन्दा चाँडो सय करोड कमाउने सलमानको चौथो फिल्म

‘सुल्तान’, ‘बजरंगी भाईजान’ र ‘टाइगर जिन्दा हे’ पछि ‘रेस ३’ सलमानको चौथो यस्तो फिल्म हो, जसले मात्र तीन दिनमा सय करोड कमाउन सफल भएको छ । फिल्मीखबरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);