गदर २ ले २०० करोड नाघ्यो, सनी देओलको टोलीले मनायो खुशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गदर २ ले २०० करोड नाघ्यो, सनी देओलको टोलीले मनायो खुशी

एजेन्सी, ३२ साउन । सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदर–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले रिलिजको ५ दिनमै २०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । यसैबीच, सामाजिक सञ्जालमा सनी देओलको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो टोलीसँग फिल्मको सफलताको उत्सव मनाइरहेका छन् ।

भिडियोमा सन्नीको निजी जेट भित्र देखिएको छ । यस क्रममा उनले सेतो जिन्स र नीलो शर्ट लगाएका छन् । उनको वरिपरि टोलीसहितका मानिसहरू पनि देखिन्छन्। यसै क्रममा एक व्यक्तिले फिल्म २०० करोडको क्लबमा सामेल भएको बताए । त्यसपछि सन्नी र उनको सम्पूर्ण टोलीले ताली बजाए । यस क्रममा सन्नीको अनुहारमा खुशी प्रस्ट देखिन्छ ।

भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखे, ’पर्खनुहोस्.. तस्बिर अझै बाँकी छ… अझै केही करोड आउन बाँकी छ… एक दशकपछि यस्तो उत्कृष्ट फिल्म दखियो’ । गदर–२ ले रिलिजको पाँचौं दिनमा पनि धेरै रेकर्ड तोडेको छ । फिल्मले स्वतन्त्रता दिवसमा ५५ करोड कमाएको थियो । योसँगै यो फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मको कुल कलेक्सन २२९ करोड भारु रहेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्मले विश्वभर २९० करोड ५९ लाख भारु कलेक्सन गरेको छ । चाँडै यो ३०० करोड क्लबमा सामेल हुनेछ।

गदर–२ यही महिनाको ११ गते हलमा रिलिज भएको थियो । यस फिल्ममा सनी देओल फेरि एकपटक तारा सिंहको भूमिकामा देखिएका छन् । यो फिल्म सन् २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो । फिल्ममा सनी देओल र अमिषा पटेलसँगै उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);