जरिन खानलाई डेंगु, अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जरिन खानलाई डेंगु, अस्पताल भर्ना

एजेन्सी, ३२ साउन । बलिउड अभिनेत्री जरीन खान डेंगु संक्रमित भएकी छिन्। स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ । अभिनेत्रीले आफैंले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो जानकारी दिएकी हुन् ।

जरिनले इन्स्टाग्राम स्टोरीमा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनको हातमा ड्रिप देखिएको छ ।

हातको तस्बिर सेयर गर्दै जरिनले लेखेकी छिन् ’लाइफ अपडेट।’ तर, केही समयपछि अभिनेत्रीले त्यो पोस्ट हटाइन् । जरिनले एक गिलास जुसको तस्बिर पनि सेयर गरेकी छिन्, फोटो सेयर गर्दै उनले लेखेकी छिन्– ‘रिकभरी टाइम।’ पोष्टमार्फत जरिनले आफ्ना फ्यान र फलोअर्सलाई डेंगु फैलिनबाट रोक्न र सावधानी अपनाउन निर्देशन दिएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);