सैफ अली खानले चार बच्चाहरुसँगै मनाए जन्मदिन, हेर्नुहोस तस्विर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सैफ अली खानले चार बच्चाहरुसँगै मनाए जन्मदिन, हेर्नुहोस तस्विर

एजेन्सी,३२ साउन । बलिउड स्टार सैफ अली खानले आज (१६ अगस्ट)मा आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन्। सैफ प्रायः आफ्नो जन्मदिन सादगीसँग मनाउन मन पराउँछन् र यसपटक पनि उनले त्यसै गरे । सैफ अली खान आफ्नो परिवारसँग मात्र जन्मदिन मनाउन रुचाउँछन्, आजको यो विशेष दिनमा उनकी छोरी सारा अली खान र छोरा इब्राहिम अली खान उनलाई शुभकामना दिन आएका थिए ।

साराले इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन् जसमा उनी पापाको केकमा मैनबत्ती बालेको देखिएकी छिन् र अरु सबैले खुसीसाथ केक हेरिरहेका छन् । यी तस्बिरहरूमा इब्राहिम, सारा र उनका दुवै छोरा तैमुर र जे बाबा सैफसँग देखिएका छन् । फोटोमा सबैभन्दा ठूलो आकर्षणको केन्द्र जेह हुन्, जो हरेक तस्विरमा निकै प्यारो देखिन्छन् ।

तस्विर शेयर गर्दै साराले लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे प्यारे अब्बा…’। करीना कपुरले पनि आफ्नो इन्स्टाग्राममा सेलिब्रेशनको तस्विर शेयर गरेकी छिन् । यसअघि अभिनेत्रीले आफ्नो मोनोकिनीको फोटो सेयर गर्दै सैफलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।

यसअघि सारा र इब्राहिमका तस्बिरहरू पनि सार्वजनिक भएका थिए जसमा उनीहरू आफ्ना पिताका लागि बेलुन र विशेष केक बोकेर हिँडेको देखिएका थिए।

साराले आफ्ना पिताका लागि कुनै पनि साधारण बेलुन रोजेनन् । ध्यान दिएर हेर्ने हो भने साराको हातमा रहेको सबैभन्दा ठूलो बेलुनमा डैड लेखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);