कस्तो बन्दैछ रणवीर–आलियाको आलिशन ‘कृष्णराज’ बंगला ! | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

कस्तो बन्दैछ रणवीर–आलियाको आलिशन ‘कृष्णराज’ बंगला !

एजेन्सी, १ भदौ । बलिउड स्टारहरु आलिया भट्ट र रणबीर कपूर भर्खरै उनीहरूको घर बाहिर देखिएका थिए। आफ्नो घर हेरेर यो स्टार जोडी निकै खुसी देखिन्थे । आलिया र रणबीरको यी तस्विरहरू उनीहरुको नवनिर्मित घरका हुन् । उनीहरु घर कति पुरा भएको छ हेर्न कहाँ आएका थिए ।

रणवीर र आलियाको यो आलिशान बंगलाको नाम कृष्णराज हो । जसलाई आलियाले निकै सुन्दर ढंगले पुनर्निर्माण गरिरहेकी छिन् । यी पछिल्लो तस्विरहरूमा, दुबै एक पटक फेरि जुम्ल्याहा जस्तै देखिएका छन्। रणवीर कपुरले सेतो शर्ट लगाएका थिए । साथै, उनको टोपी पनि राम्रो देखिन्थ्यो।

जहाँ रणवीरकी सुन्दरी पत्नी आलिया निकै क्यूट लुकमा देखिएकी थिइन् । उनले सेतो टी–शर्टको साथ डेनिम सर्ट लगाएका थिए। दुबै आफ्नो नयाँ घरको निरीक्षण गरिरहेको देखिन्छ। आलिया र रणवीर यस घरमा सबै कुरा परफेक्ट होस् भन्ने चाहन्छन्।

आलिया हालै फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएकी थिइन् भने रणवीर कपूर श्रद्धा कपूरसँग ‘तू झुठी मैं मक्कर’ मा देखिएका थिए ।

Leave a Reply