रणवीर–आलियाले छोरीको तस्बिर खिच्न नदिएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रणवीर–आलियाले छोरीको तस्बिर खिच्न नदिएपछि…

एजेन्सी । बलिउड कलाकारहरु आलिया भट्ट र रणबीर कपुरले शनिबार मुम्बईमा फोटोग्राफरहरुसँग भेट गरेका छन् । उनीहरूलाई आफ्नी छोरी राहाको २ वर्षसम्म तस्बिरहरू क्लिक नगर्न अपील गरे। यसका साथै उनले छोरी राहाको सुरुका वर्षहरूमा आफूले सुरक्षा दिन चाहेको पनि बताए । यस क्रममा उनको साथमा आमा नीतु कपूर पनि देखिएकी थिइन् ।

आलियाले फोटोग्राफरहरुलाई भनिन्, ‘तपाईहरुले आफ्नो काम मात्र गरिरहनुभएको छ भन्ने मैले पूर्ण रूपमा बुझेको छु, तर राहा अहिले निकै सानै छिन् । उसले भर्खर हाम्रो अनुहार देख्न र चिन्न थालेकी छिन्,उनलाई सेलिब्रेटी जीवन आदि थाहा छैन । तसर्थ, हामी अहिले उनको तस्बिरहरू क्लिक गर्न चाहँदैनौं। हामी धेरै सुरक्षात्मक अभिभावक हौं।’

आलियाले थप भनिन्, ‘यदि राहाको तस्बिर क्लिक भयो भने सामाजिक सञ्जालका सबै इमोजीले उनको अनुहार छोप्नेछन् । राहाको फोटो भाइरल हुन नदिन फ्यान क्लबसँग पनि कुरा गर्नेछौं ।
आलिया बाहेक सोनम कपुर, प्रियंका चोपडा, अनुष्का शर्मा र बिपाशा बसु लगायत धेरै अभिनेत्रीहरु छन् जो आफ्नो बच्चाको अनुहार खोल्न चाहँदैनन्। यी अभिनेत्रीहरु आफ्ना छोराछोरीलाई लाइमलाइटबाट टाढा राख्न चाहन्छन् भन्ने विश्वास गर्छन् । आलिया भन्दा पहिले सोनम र अनुष्का–विराटले पनि सामाजिक सञ्जालमा आफ्नो बच्चाको अनुहार नदेखाउन अनुरोध गरेका थिए ।

आमा बनेपछि आलिया कमै देखिने गर्छिन् । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । उनले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।

आलिया अब चाँडै करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछिन् । यो फिल्ममा उनी रणवीर सिंहको अपोजिटमा देखिनेछिन् । यसबाहेक उनी फरहान अख्तरको फिल्म ‘जी ले जरा’ मा प्रियंका चोपडा र कट्रिना कैफसँग देखिनेछिन् । अर्कोतर्फ, रणवीर कपूर चाँडै श्रद्धा कपूरसँग ‘तू झुठी मैं मक्कर’ मा देखिनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);