‘फिट एण्ड फाइन’ भइन् त आलिया | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

‘फिट एण्ड फाइन’ भइन् त आलिया

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले हालै छोरी राहालाई जन्म दिएकी छिन् । अब बच्चा जन्मेको करिब डेढ महिनापछि आलिया पहिले जस्तै आफ्नो दैनिकीमा फर्किएकी छिन् ।

यसैबीच, आलिया भर्खरै उनको योगा क्लासबाहिर देखिएकी थिइन्, जसको भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा उनी पहिलेजस्तै एकदमै फिट देखिएकी छिन्, उनलाई हेर्दा भर्खरै डिलिवरी भएको जस्तो लाग्दैन । आलिया भट्टले यसै वर्ष अप्रिलमा रणवीर कपुरसँग विवाह गरेकी थिइन् र अक्टोबरमा छोरीलाई जन्म दिइन् । गर्भावस्थामा आलियाले अलिकति तौल बढाएको देखिए पनि डिलीवरी लगत्तै आलिया फेरि उस्तै ग्लैमरस स्टाइलमा फर्किएकी छिन् । अहिले उनको यो भिडियो हेरेर फ्यानहरुले आलियाको तारिफ गरिरहेका छन् ।

हालै क्रिसमसको अवसरमा आलियाले यस पटक भट्ट र कपूर परिवारसँग क्रिसमस मनाएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत फ्यानहरुलाई यो पार्टीको विशेष झलक पनि देखाएका थिए । यी तस्बिरहरूमा उनी पति रणवीर कपूर र सम्पूर्ण परिवारसँग देखिएकी छिन् ।

विवाहपछि आलियाले पहिलो पटक ससुराको घरमा क्रिसमस मनाइन् । यस क्रममा उनी रातो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । यो तस्बिरमा रणवीर कपुर र आलिया भट्ट एकअर्कामा प्रेमको वर्षा गरिरहेका देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);