अनमोल समाज सेवातिर | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अनमोल समाज सेवातिर

anmol kc

काठमाडौँ, १० असार । फिफा वर्ल्डकप चलिरहेका बेला फुटबलसम्बन्धीकै ‘क्याप्टेन’ फिल्मको छायांकनमा व्यस्त अभिनेता अनमोल केसी शनिबार आफू आबद्ध कार्यक्रमको प्रेस मिटमा एक घण्टा ढिलो आइपुगे ।

त्यसका लागि माफी माग्दै भने, ‘सुटिङमा थिएँ, सरी ।’ उनी यसपालि पहिलो पटक समाज सेवाको काममा जोडिन लागेका छन् । साथै, विभिन्न ठाउँका दर्शकसँग अन्तरक्रिया गर्न लागेको पनि उनले अवगत गराए । ‘मुभीहरू गरिरहेकै थिएँ तर अब सोसियल्ली पनि एक्टिभ हुने बेला आयोजस्तो लाग्यो,’ उनले भने, ‘अहिलेसम्म (समाज सेवामा) केही गरेको थिइनँ । अब पहिलो पाइला चाल्दै छु ।’

खासमा उनी ‘अनमोल इभ २०७५’ शीर्षकमा पर्यटन यात्रा गर्दै छन् । यसका लागि भदौ १ देखि २७ सम्म बुटवल, पोखरा, चितवन र बिर्तामोड पुग्नेछन् । त्यहाँ उनले आफ्ना प्रस्तुति दिनुका साथै दर्शकसँग बोलचाल गर्ने बताए । कार्यक्रमबापत् उठेको रकम नेत्रहीन महिला संघ नेपाललाई प्रदान गर्ने आयोजक मोनिका इन्टरटेन्मेन्ट ग्रुपले जानकारी दियो । अनमोल इभमा प्रियंका कार्कीलगायत कलाकार पनि सहभागी हुने बताइएको छ ।

पर्यटन प्रवद्र्धन, कला–संस्कृतिको उत्थान र नयाँ कलाकारको खोजीका लागि यस्तो कार्यक्रम गर्न लागेको मोनिका इन्टरटेन्मेन्टका अध्यक्ष कमल जीसीले जानकारी दिए । ‘हामी सडक नाटक पनि गर्नेछौं,’ उनले भने, ‘यसका लागि १७ वटा नगरपालिकासँग समन्वय गरिसकेका छौं ।’

नेत्रहीन महिला संघकी सीता सुवेदीले आफूहरूलाई सहयोग गर्न खोजेकोमा अभिनेता केसी र आयोजकलाई धन्यवाद दिइन् । ‘मेगा–स्टार’ बाट ‘सुपर स्टार’ बन्न समाज सेवा गरी देखाउन लागेको हो कि भन्ने पत्रकारको प्रश्नमा अनमोलले भने, ‘मेरो स्टाटस बढाउन वा कसैले राम्रो भनिदेओस् भनेर यो काम गरेको होइन । मैले आफूले आफैंलाई कुनै पद पनि दिएको छैन, अडियन्सले जुन टयाग लगाइदिनुभएको छ, त्यसमै खुसी छु ।’ सामाजिक हितका लागि भएकाले यो कार्यक्रमबाट आफूले पारिश्रमिक पनि नलिएको अनमोलले बताए । उनी चारवटै सरमा हेलिकप्टरबाट जाँदै न् । पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम स्थलमा विभिन्न ठाउँका तस्बिर प्रदर्शन गरिने आयोजक जीसीले अवगत गराए । ‘क्प्याटेन’ फिल्म प्रदर्शन हुने बेला अनमोल समाज सेवातिर लाग्नुलाई कतिले पब्लिसिटी स्टन्ट मानेका छन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);